देउखुरी । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आईतवार बेलुकी बिरामी भएर सडक पेटीमा सुतिरहेका एक बेवारिसे ब्यक्तिलाई उद्वार गरि उपचारका लागि अस्पताल पुर्याउनु भएको छ ।
अध्यक्ष विष्टले बिरामी भई सिसहनियाँ बजार नजिकै सडक पेटीमा सुतिरहेका प्युठानकाे स्याउलीबाङ घर बताउने अन्दाजी ६० वर्षका ती व्यक्तिलाई प्रहरीकाे सहयोगमा उद्वार गर्नु भएको हाे ।
ती व्यक्ति बिरामी भएर सडक पेटीमै सुतेको खबर पाए लगत्तै अध्यक्ष विष्ट उद्वार गर्न त्यहाँ पुग्नु भएको थियो ।
हाल उनको सिसहनियाँ स्थित स्वास्थ्य चाैकीकाे इमर्जेन्सी कक्षामा उपचार भई रहेको छ ।
बिरामी भएकै कारण उनले एघार दिन देखि खाना समेत नखाएकाे बताएका छन् ।
उनी केही वर्ष अघि देखि साे क्षेत्रमा हिडडुल गरिरहेका गरेका थिए ।