मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाले मनायाे ५६ औं अन्तरास्ट्रिय साक्षरता दिवस

साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण भन्ने मुल नाराका साथ ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

राप्ती गाउँ पालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु प्रमुख अतिथिको रुपमा रहेका थिए ।

गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री थारुले २१ औं शताब्दीमा पनि नेपालमा साक्षरता दिवस मनाउनु दुःखद रहेको र सम्पुर्ण नेपाली जनतालाई संविधानमा उल्लेख भए बमोजिम शिक्षाको ग्यारेन्टी गर्नु पर्ने बताएका थिए ।
उनले भने ‘यहाँको भौतिक, आर्थिक सामाजिक र स्वयम् मान्छेको पनि व्यक्तिगत शसक्ति करणको निम्ति साक्षरता अभियान महत्त्वपूर्ण हुने छ ।”

कार्यक्रममा सम्बोधन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले मौलिक हकको रुपमा नेपालको संविधानमा उल्लेख भएको निःशुल्क शिक्षा आफ्नो नेतृत्वको टिमले यस गाउँपालिकामा लागू गर्न लागेकोले सबै क्षेत्रबाट सहयोग गर्नु पर्ने बताए । ‘हामी सवै मिलेर राप्ती गाउँपालिकालाई शिक्षा क्षेत्रमा देशकै नमुना पालिका बनाउनु पर्छ ।” अध्यक्ष बिष्टले भने ।

५६ औं साक्षरता दिवसको अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलि , निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी , प्रवक्ता तथा सामाजिक बिकास समिती अध्यक्ष पहलमा चौधरी , वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चौधरी , वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिश्वास बिकले गरेका थिए ।

विभिन्न क्षेत्रमा उत्कृष्ट हुनेलाई सम्मान तथा पुरस्कार वितरण

उक्त कार्यक्रममा बिगत ३ दिन देखि जारी विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । पालिकाले आयोजना गरेको कविता प्रतियोगितामा पब्लिक एजुकेसन एकेडेमीकि छात्रा सजिना आचार्य प्रथम , शंकर माबी पिपरीकि छात्रा अनिता सन्दास द्धितिय, ज्ञानोदय माबी पत्थरगढवाकि छात्रा सकुन्तला गौतम तृतीय र लिटिल एन्जल स्कुल भालुबाङका छात्र सन्देश शर्माले स्वान्तवना स्थान हाँसिल गरेका थिए ।

यसै गरि वक्तृत्वकला प्रतियोगितामा सिरिनभ्याली पब्लिक स्कुल मौरिघाटकि छात्रा प्रवेशिका शर्मा प्रथम, गोर्खा आइडल स्कुल लालमटियाका छात्र प्रीन्स बोहोरा द्धितिय, लिटिल एन्जल स्कुल भालुबाङकि छात्रा रन्जु खनाल तृतीय र पब्लिक एजुकेसन एकेडेमी लालमटियाकि छात्रा अनुराधा थापाले सान्तवना स्थान हासिल गरेका थिए ।

यस्तै निबन्ध प्रतियोगितामा ज्ञानोदय माबी पत्थरगढवाकि छात्रा सृष्टि चौधरी प्रथम , सिरिनभ्याली पब्लिक स्कुल मौरिघाटकि छात्रा प्रवेशिका शर्मा द्धितिय , आदर्श माबी लालमटियाकि छात्रा सलिना चौधरी तृतीय र गोर्खा आइडल स्कुल लालमटियाकी छात्रा बन्दना सिंह सान्तवना स्थान हासिल गरेका थिए ।

यस्तै कक्षा ६-८ का बिद्यार्थी बिच भएको चित्रकला प्रतियोगितामा आदर्श माबी लालमटियाकि छात्रा निशा बिक प्रथम, गोल्डेन फ्युचर स्कुल पिपरीकि छात्रा रबिना चौधरी द्धितिय, पब्लिक एजुकेसन एकेडेमी लालमटियाका छात्र सिजन के सि तृतीय र सिरिनभ्याली पब्लिक एजुकेसन एकेडेमी मौरिघाटकि छात्रा जेनिसा शाही सान्तवना स्थान हासिल गर्न सफल भएका थिए ।

यस्तै कक्षा १-५ का विद्यार्थी बिच भएको चित्रकला प्रतियोगितामा गोल्डेन फ्युचर स्कुल पिपरीका छात्र प्रविन शर्मा प्रथम, लिटिल एन्जल स्कुल भालुबाङका छात्र ओम गुप्ता द्धितिय गोर्खा आइडल स्कुल लालमटियाका छात्र सुशान्त सुनार तृतीय र सिरिनभ्याली पब्लिक एजुकेसन एकेडेमी मौरिघाटका छात्रा जस्माइन नाथ सान्तवना स्थान हासिल गरेका थिए ।

यस्तै सामुदायिक तथा संस्थागत विद्यालय बाट २०७८ मा गाउँपालिका स्तरिय कक्षा ८ तथा एस इ इ परिक्षामा उत्कृष्ट हुनेलाई पनि सम्मान गरिएको थियो । पालिका स्तरीय परिक्षामा उत्कृष्ट हुनेमा कक्षा ८ बाट आदर्श माबी लालमटियाकि छात्रा प्रतिमा आचार्य ३.९ जिपिय, सर्बोदय माबी सिसहनियाका छात्र राजिप योगि ३.७८ जिपिय, सिद्धार्थ इङलिस बोर्डिङ स्कुल मौरिघाटकि रुमा चौधरी ४ जिपिय र पब्लिक एजुकेसन एकेडेमी लालमटियाका छात्र विनोद बुढाथोकी ४ जिपिय रहेका छन ।       

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation