दाङ । देउखुरीकाे राजपुर गाउँपालिका-२ स्थित राप्ती नदीकाे मटेरियाघाटमा आज पनि अबैध तरिकाले मनाेमानित ढंङ्गबाट उत्खनन् जारी छ ।
स्थानीय राजनितिककर्मी हेमकुमार जिसीका अनुसार मटेरियाघाटमा आज बिहिबार पनि आधा दर्जन बढी स्काभेटर र दर्जनाैं टेक्टर र टिप्पर प्रयाेग भएकाे छ ।
मंगलबार हिजाे राप्ती प्रेस मञ्च र दाङ-देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका पत्रकारहरूले उत्खनन् स्थल मटेरियाघाटमा रिपोर्टिङ्गका लागि पुग्दा भागभाग नै भएकाे थियाे ।
तर आज बिहानै देखि फेरि दर्जनाैं टिप्पर, टेक्टर र स्कारभेटर प्रयाेग भएकाे छ । दिनदाहाडै यसरी नदीजन्य पदार्थ उत्खनन् हुँदा समेत स्थानीय सरकार, प्रशासन र जिम्मेवार निकाय माैन भएकाे स्थानीयबासीहरूले आराेप लगाएका छन् ।
स्थानीयका अनुसार जनप्रतिनिधि, स्थानीय सरकार, प्रशासन सबैकाे मिलाेमताेमा यसरी दिनदाहाडै उत्खनन् भईरहेकाे आराेप समेत लगाएका छन् ।