शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

भालुवाङ   पछिल्लो समय समुदायस्तरमा विभिन्न किसिमका स-साना विवादहरू समयमा नै मिलाउन नसक्दा त्यसले ठुलठुला समस्या उत्पन्न हुने क्रमले तिब्रता पाइरहेको छ । यसरी समुदायस्तरमा विभिन्न किसिमका विवादहरू बढ्दै जाँदा न्याय सम्पादन गर्न भने थप सकस बन्ने गरेको छ ।

समुदाय स्तरमा न्याय सम्पादन गर्न नसक्दा स–साना विवादहरुले झन झन ठुलो रुप लिदैं जाँदा समाजलाई नै खलबलाउने देखिएपछि दाङको राप्ती गाउँपालिकाले आफ्नो पालिका भित्र चुस्तदुरुस्त न्याय सम्पानदका लागि आधारभूत तालिमको आयोजना गरी समुदायस्तरमा नै न्याय सम्पादनका लागि दक्ष जनशक्ती उत्पादन गरेको छ ।

“हाम्रो समस्या, हाम्रो समाधान मेलमिलाप” भन्ने मुल नाराका साथ पालिकाले आयोजना गरेको आठ दिवसीय (४८ घण्टे)मेलमिलाप सम्बन्धि आधारभूत तालिमले बिहीबार समापन कार्यक्रममा बाेल्दै पालिकाका अध्यक्ष प्रकाश विष्टले समाजमा हुने ससाना विवाद र समस्या निराकरण गर्न यश प्रकारको तालिमले टेवा पुग्ने भन्दै तालिमका सहभागीहरूलाई निष्पक्ष भएर मेलमिलापको माध्यमबाट सभ्य समाजको निर्माणमा विशेष भूमिका निर्वाह गर्न आग्रह गरे ।

त्यस्तै उनले तालिम लिनु ठुलो कुरा नभई सिकेका कुराहरुलाई व्यबहार उतार्न सक्नु महत्त्वपूर्ण भएकोमा बताए । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले तालिममा सैद्धान्तिक र व्यवहारीक कुराहरुमा छलफल र अन्तरक्रियाकाे माध्यमबाट भएकाले मेलमिलापको माध्यमबाट सु सस्कृत समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिमपछि आफुहरुलाई समुदायस्तरमा न्याय सम्पादन गर्न थप सहयोग पुगेको तालिममा सहभागी प्रशिक्षार्थी किरण भण्डारीले बताए ।

तालिममा मेलमिलापकाेे आवश्यकता, प्रक्रिया, विवाद समाधानका उपाय, पद्धति लगायतको बिषयमा प्रशिक्षण दिइएको थियाे। पालिकाका ९ ओटै वडाका करिब ३० जना प्रशिक्षार्थी सहभागी रहेकाे तालिमको प्रशिक्षकमा अधिवक्ताद्वय अर्जुन अधिकारी र राेहित चाैधरीले गरेका हुन् भने कार्यक्रमको सञ्चालन न्यायिक समितिका दर्ता अधिकारी सुवास भट्टराईले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation