सोमवार, कार्तिक २५, २०८२

बलात्कारको आरोपमा देउखुरी बहुमुखीका पूर्वक्याम्पस प्रमुख गाैतम पक्राउ

देउखुरी   दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् ।

आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए । अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation