बिहिबार, माघ २३, २०८२

सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउँदै

देउदुरी । सर्वोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पढ्दै कमाउदै गरेका छन् । दाङको राप्ती गाउँपालिका स्थित सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत प्राविधिक धार(वाली विज्ञान) का विद्यार्थीहरुले पढ्दै कमाउदै गरेका हुन् ।

विद्यालयमा २०७३ सालदेखी कृषि वाली विज्ञान पढाइ हुदै आएको छ । विद्यार्थीहरुले पढाइको साथसाथै विभिन्न प्रकारका तरकारीहरु उत्पादन गर्दै आएका छन् । कृषि वालि विज्ञान अन्तरगत कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका तरकारी उत्पादन, वेर्ना उत्पादन, च्याउ खेती गर्दै बजारमा विक्री वितरण गरी आम्दानी गरिरहेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी राज परियारले बताए ।

विद्यार्थीहरुले नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादन गर्दै आएका छन् । नयाँ प्रविधि तथा आधुनिक औजारको प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै विद्यालय र विद्याथीहरुलाई आर्थिक रुपमा सवल बनाउदै जाने योजना रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर केसीले बताए ।

वाली विज्ञान अध्ययनरत विद्यार्थीहरु सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक सिपको विकास गरी उच्च स्तरको जनशक्ति निर्माण गर्नुको साथै विद्यार्थीहरुलाई पढ्दै कमाउदै गर्नका लागि विभिन्न रचनात्मक योजनाहरु निर्माण तथा कार्यान्वयन गरिरहेको कृषि धार संयोजक इश्वरी अधिकारीले जानकारी दिए । पढाई सकेपछी विद्यार्थीहरुले आफै कृषिका ठूलाठूला व्यवसाय तथा फर्म स्थापना गरेर सञ्चालन गर्न सक्ने शिक्षक अभिभावक संघका अध्यक्ष रोहन चौधरीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation