बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रोटरी क्लव अफ राप्तीले जेठ १३ गते लालमटियामा बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

देउखुरी । रोटरी क्लव अफ राप्तीले दाङको देउखुरीमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

रोटरी क्लव अफ राप्तीले राप्ती गाउँपालिका वडा नं. २ स्थित श्री आर्दश नमुना माध्यमिक विद्यालय लालमटियामा जेठ १३ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो ।

रोटरी क्लव अफ राप्तीको आयोजना, राप्ती गाउँपालिकाको सहयोग तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने रोटरी क्लव अफ राप्तीका अध्यक्ष बासुदेव न्यौपानेले जानकारी दिएका छन् ।

मुटु, मृगौला, दम तथा छाती, निमोनिया र अन्यरोग सम्बन्धी बृहत निःशुल्क परिक्षण गर्नुको साथै शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ, जनरल फिजिसियन लगायतका स्वास्थ्यकर्मीबाट निःशुल्क इ.सि.जी. र इकोबाट मुटरोग परिक्षण, पि.एफ.टी बाट दम तथा छातीरोगको परिक्षण, रक्त परिक्षण तथा आवश्यक औषधीहरु निःशुल्क वितरण गरिने गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले जनाएको छ ।

शिविरमा देउखुरी क्षेत्रलगायत छिमेकी जिल्ला प्युठान तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाबाट पनि स्वास्थ्य परिक्षण गराउन सेवाग्राही आउनुको साथै शिविरमा १५ सय देखि २ हजारसम्म बिरामीलाई सेवा दिने लक्ष्य लिएको अध्यक्ष न्यौपाने बताए ।

सामाजिक सेवाभावले जागृत हुदै हालसालै स्थापना भएको रोटरी क्लव अफ राप्तीले आफ्नो पहिलो कार्यक्रमको रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation