सोमवार, कार्तिक २५, २०८२

राप्ती प्रेस मञ्चले मनायो कृष्णसेन इच्छुकको २१ औँ स्मृति दिवस

भालुवाङ   राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान साँस्कृतिक शहिद कृष्णसेन इच्छुकको २१ औँ स्मृति दिवस कार्यक्रम मनाएको छ ।

मञ्चले शनिवार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा रहेको सेनको शालिकमा मल्यार्पण गरि स्मृति मनाएको हो ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  बोल्ने वक्ताहरूले सेनले देखाएको बाटोमा हिड्न सुझाव दिएका थिए ।

सेनले जस्तै राष्ट्रका लागि जस्तो सुकै अवस्थामा पनि पत्रकारहरूले कलम चलाउन डराउन नहुने बताएका थिए । त्यस्तै वक्ताहरूले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको शालिकको पुर्ख्यौली घरलाई सहिद पार्कको रूपमा विकास गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव समेत दिएका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्व पत्रकारहरू तथा कम्युनिस्ट नेता कार्यकर्ताहरूको समेत सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन  मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation