शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रेशम चौधरीसहित पाँच सय एकजना कैदीलाई राष्ट्रपतिले दिए आममाफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतत्त्र दिवसका अवसरमा पाँच सय एकजना कैदीलाई आममाफी दिएका छन् ।

राष्ट्रपति पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गरेका हुन् ।

जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा उनीहरुलाई आममाफी दिएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै टाेपबहादुर बुढालगायत उनीहरूलाई आममाफी दिएकाे जानकारी दिएकी हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation