बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङको राप्ती गाउँपालिकाले विविध कार्यक्रम गरि १६ औं गणतन्त्र स्थापना दिवस मनायाे

देउखुरी । दाङको राप्ती गाउँपालिकाले १६ औं गणतन्त्र स्थापना दिवसको अवसरमा जेठ १५ गते अर्थात आज साेमबार विविध कार्यक्रम गरि मनाएको छ ।

दिवसको अवसरमा पालिकाले पालिका परिसरमा करिब पचास वटा अम्ब जातकाे फलफुलकाे विरुवा राेप्नुका साथै पालिकाकाे कार्यलय देखि लुम्बिनी प्रदेश सभाकाे कार्यलयके गेट माैेरीघाट सम्म राजमार्गकाे दुबै तर्फ सरसफाई गरेकाे छ ।

सरसफाइ कार्यक्रम पछि बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गणतन्त्र स्थापन पछि देशमा धेरै उपलब्धि भएको उल्लेख गर्दै प्राप्त गणतन्त्रकाे संस्थागत विकास र रक्षा गर्नका लागि सम्पूर्ण नेपालीहरु एक जुट हुनुकाे विकल्प नरहेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले प्राप्त उपलब्धिहरु रक्षा गर्नका लागि संविधानले दिएको हरेक मुलभूत पक्षहरू कार्यनयन गर्नु पर्ने बताउनुभयो ।

अध्यक्ष विष्टले गणतन्त्र स्थापनाका लागि सहिद, घाइते, अपांग, बेपत्ता भएका व्यक्तिहरु प्रति उच्च सम्मान गर्दै  वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्णहरुलाई गणतन्त्र दिवसको शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उक्त वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कृयाशिल राजनितिक दल प्रमुखहरु, पुर्व जनप्रतिनिधिहरु, पालिका भित्रका सम्पूर्ण संघसंस्थाका प्रमुखहरु, सुरक्षाकर्मी, शिक्षक,विद्यार्थी, पत्रकारहरु लगायत आम सर्वसाधारण नागरिकहरूकाे सहभागीता रहेको थियो ।

२०६२/०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा गते जननिर्वाचित संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियाे ।

देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएकाे दिनलाई  प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation