सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

नदीजन्य पदार्थ अवैध उत्खनन भएको भन्दै राजपुर गाउँपालिका घेराउ

देउखुरी । जनप्रतिनिधि, कार्यपालिका सदस्य र स्थानीयहरुले दाङको राजपुर गाउँपालिका घेराउ गरेका छन् । नदीजन्य पदार्थ अवैध उत्खनन् कार्यमा गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले संरक्षण गरेको आरोप लगाउदै गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो । पालिका अध्यक्ष बुढाथोकीले राप्ती नदीमा जथाभावी मेसिन प्रयोग गरि मापदण्ड भन्दाबढी उत्खनन दिएको भन्दै सार्वजनिक पदको दुरुपयोग गरेको जस्ता आरोप स्थानीयले लगाएका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया घाटबाट उत्खनन भएको सबै नदीजन्य पदार्थको नापजाँच गरेर राजश्व जबसम्म पालिकामा जम्मा हुँदैन तब सम्म संघर्षको आन्दोलन जारी रहने नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका उपाध्यक्ष भिमबहादुर वलीले बताउनुभयो ।

राजपुर गाउँपालिका वडा नम्बर २ बेलाका गोविन्द विक, वडा नम्बर ५ का लेखराज डिसी, सीता यादव, भोगेन्द्र यादव, हालसम्म उत्खनन गरेको चारैतिर गुनासो आएपछि २०७९ चैत २८ गते वडाध्यक्षहरुको टोलीले गाउँपाकिला अध्यक्ष शरदकुमार बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

वैशाख ४ गते गाउँ कार्यपालिकाको टोलीले नापजाँच गर्दा बाह्रहजार एकसय ४७.७ घन मिटर उत्खनन गरिसकेको थियो । पुनः गाउँ कार्यपालिकाको टोलीले जेठ ३ गते मटेरिया घाटमा गएर अनुगमन गर्दा मेसिनको प्रयोग गरि जथाभावी रुपमा उत्खनन गरेको पाइएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले बताउनुभयो ।

उहाँले भन्नुभयो, – । ‘मटेरिया घाटमा पाँचवटा मेसिन, ३०÷३५ वटा ट्याक्टरले उत्खनन भैरहेको पाइयो । प्रहरी र पत्रकारलाई जानकारी गराएपछि सबै भागेका थिए ।’ अठारहजार घन मिटर नदीजय पदार्थ निकाल्न पालिकाले ६० लाखको ठेक्का लगाएको थियो । तर मेसिनको प्रयोग गरि डेढ मिटर सम्मका ठुलो ठूलो खाडल बनाएर नदीजन्य पदार्थ उत्खनन भएको स्थानीयको गुनासो छ ।

प्राकृतिक सम्पदाको दोहोन गर्नेका विरुद्ध हाम्रो आन्दोलन हो, अबैध तरिकाले उत्खनन गर्ने, राज्यलाई कर छल्नेलाई कारबाही हुन पर्छ, स्थानीय भोगेन्द्रसिंह राजपुतले भन्नुभयो । उत्खनन् अनुमतिको वाहना मात्रै गरेर दोहन गरिरहेको भन्दै आन्दोलनरत पक्षले निष्पक्ष छानवीनको माग समेत गरेका छन् ।

नदीजन्य पदार्थ उत्खनन् गरेर क्रसर मार्फत बिक्री गरिएको आन्दोलन पक्षले आरोप लगाएका छन् । नदीजन्य पदार्थको उत्खनन बन्द गर, विधिको शासन, सुशासन कायम गर, अवैध रूपमा उत्खनन भएको नदीजन्य पदार्थको राजश्व जम्मा गर लगायतका माग राख्दै गाउँपालिकाको कार्यालय घेराउ गरिए हो । गाउँपालिका घेराउ गर्न वडा अध्यक्ष र कार्यपालिका सदस्य समेत पुगेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि गाउँपालिका घेराउ गर्न पुगेका हुन् । नेपाल प्रही र शसस्त्र प्रहरीको राजपुर गाउँपालिकामा बाक्लो सुरक्षा व्यवस्था गएिको थियो ।

अनुगमन गर्ने निकाय बेखबर

राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया घाटबाट अवैध रुपमा स्काभेटर प्रयोग गरि उत्खनन् गरिएको भेटिएको छ । एक निर्माण कम्पनीको गाउँपालिकाको खाली रसिद देखाउदै ठेकेदारले नियम कानुनको धज्जी उडाउदै मनपरि गरेको पाईएको हो ।

पालिकाको मापदण्ड विपरित स्काभेटर प्रयोग गरि नदीजन्य पदार्थ उत्खनन् गरिएको हो । टिप्पर र केहि ट्रयाक्टरमा अवैध रुपमा ढुंगा, गिट्टी, वालुवा खोलाको छेउका क्रसरमा निकासी गरि खुलेयाम डम्पिङ गरिएको भेटिएको छ ।

राप्ती नदीमा स्काभेटर प्रयोग गरि नदीजन्य पदार्थ निकासी गर्नु कानुन विपरित हो । तर स्थानीय सरकारले नै लगाएको ठेक्कामा मेसीनको अनुमति दिनु शंकास्पद देखिएको छ । तोकिएको मापदण्ड विपरित उत्खनन् हुंदा समेत अनुगमन निकाय मौन रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation