शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राजमो दाङले लुम्बिनी र कपिलवस्तु भूमिलाई भारतको नक्सामा राखे विरूद्ध विरोध सभा

दाङ । गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ । संघियता खारेज गरौ भन्ने मूल नारा सहित राजमो केन्द्रिय समितिको निर्णय अनुसार घोराहीमा विरोध सभा सम्पन्न भएको छ ।

राजमो दाङका अध्यक्ष गणेश आचार्यले सम्वोधन गर्नु हुँदै भारतले नेपालकाे प्रसिद्ध ठाउँ लुम्बिनी र कपिलवस्तु नेपाली भूमिलाई भारतको नक्सा जारी गरेको र प्रधानमन्त्री प्रचन्ड भारत भ्रमण जानु दुइ घण्टा अगाडी राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकाे तत्काल फिर्ता गर्न राजमोले देशैव्यापी विरोध सभा गरेकाे छ ।

आचार्यले भन्नु हुंदै देश फिजीकरण र सिक्किमीकरण भई भारतीय संघमा विलय हुने झन बढी खतरा देखियो । त्यसकारण संघियता खारेजी र गणतन्त्र, धर्म निरपेक्षता जोगाउन सिंगो देशका जनता सङ्घर्षमा उतरिनुको विकल्प छैन भन्नु भयो । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रहरु अखण्ड भारत र नागरिकता विधेयकको बिषयमा मौन छन भने राजमो एक्लै जनताको पक्षमा जनताको आवाज उठाईरहेकाे छ ।

त्यसैगरी अखिल नेपाल किसान सङ्घका मनिराम खनालले विरोध सभालाई सम्बोधन गर्दै भारतीय साम्राज्यवाद द्धारा लुम्बिनी – कपिलवस्तु सहितका नेपाली भुमि भारतीय नक्सामा राख्ने कार्यका विरूद्ध नेपाली किसान मजदुर सबै जनता एकताबद्ध भएर लाग्न आह्वान गर्नु भयो । भने विरोध सभालाई सञ्चालन राजमो जिल्ला सदस्य सुशिल पोख्रेलले गर्नू भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation