सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लमही आँखा अस्पताल र दाङ ट्राफिकद्वारा चालक र सहचालकको सडकमै नि:शुल्क स्वास्थ्य परिक्षण

दाङ । अस्थायी ट्राफिक प्रहरी कार्यालय लमही वडा प्रहरी कार्यालय लमही आँखा अस्पताल लमहीको सयुक्त आयोजनामा एक कार्यक्रमको आयोजना गरि ६२ जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ ।

ट्राफिक प्रहरीले सवारी चालक तथा सह चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ती चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो ।

लमहीको रातो डाढा र बसपार्कमा स्वास्थ्य परिक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालकहरुको लागि स्वास्थ्य परिक्षण गर्नुका साथै आखाको पनि चेक गर्दै उनीहरुलाई विभिन्न प्रकारका परामर्श दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक किरण प्रकाश मल्लले बताएका हुन् ।

शिवीरमा २ घन्टा मात्र ६२ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परिक्षण गराएका थिए ।

उक्त कार्यक्रम दाङको लमहीमा नि:शुल्क स्वास्थ शिविर परिक्षणका क्रममा अधिकाशंलाई ब्लड प्रेसर र आँखाको समस्या देखिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका ट्राफिक प्रमुख लक्ष्मण एयरले जानकारी दिएका छ्न ।

लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले दाङ ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको स्वास्थ शिविरहरु जिल्लाका अन्य स्थानमा पनि आयोजना गरिने अस्थायी ट्राफिक प्रहरी कार्यालय लमही दाङले जनाएको छ ।

यस्तै दाङको देउखुरी सिसहनियामा स्कुलको विद्यार्थीहरुलाई जेब्रा क्रसिङ्ग बाट बाटो कसरी कात्न भनेर सिकाउदै दाङ जिल्ला ट्राफिक प्रमुख मल्लले साथै कार्यक्रम अस्थायी ट्राफिक प्रहरी पोस्ट  लमही आँखा अस्पताल लमही नागरिक समाज जनप्रतिनिधि यातायात व्यावसायि एवं पत्रकारहरु लगाएतको सहभागिता रहेकोे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation