बिहिबार, माघ २३, २०८२

डिआईजी जोशी लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षणमा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी १८ गते लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यालय परिसर लगायत सम्पूर्ण शाखा तथा व्यारेक भवनको निरीक्षण गरी कार्यालयको प्रस्तुतीकरण अवलोकन गरी मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, नवलपरासी (पश्चिम), कपिलवस्तु र पाल्पाका कार्यालय प्रमुख तथा उपस्थित सम्पूर्ण लाई प्रहरी कामकारवाहीको शिलसिलामा आफ्नो स्वस्थ्य र सुरक्षाको ख्याल राख्ने, भाईचाराको भावनाले कार्य गर्ने, सचेतनामुलक कार्यक्रम लक्षित वर्ग केन्द्रित भई गर्ने, चालकलाई गल्तीको बोध गराई कारवाही गर्ने, सवारी दुर्घटनामा मानविय संवेदनाको कुरालाई ख्याल गर्ने, आफ्नो जानकारीमा आएका सूचना तथा नविनतम कामहरुको बिषयमा सबैमा जानकारी गराउने लगायतका अमुल्य निर्देशन दिनुभएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ट्राफिक प्रमुख कृष्ण प्रसाईंले जानकारी दिनुभएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation