शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो, दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्री मोदीको चेतावनी

भारतको ओडिशा राज्यको बालासोरमा शुक्रबार साँझ करिब सात बजे भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार घटनामा एक हजारभन्दा धेरै घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । भारतीय सेनासहित सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।

रेल एक आपसमा ठोक्किदा यो भयानक दुर्घटना भएको हो । भारतको रेल दुर्घटनाको इतिहासमा यसलाई चौथो ठूलो दुर्घटना भनिएको छ । र २१ औँ शताब्दीको सबैभन्दा ठूलो भनिएको छ । शालीमार- चेन्नन कोरोमंडल एक्सप्रेस र सर एम विश्वेश्वरैया – हावडा सुपरफास्ट एक्सप्रेस रेलका १७ डिब्ब रेल लाइनबाट बाहिर उछिट्टिएका छन् । यस दुर्घटनामा एक मालगी ( रेल ) पनि परेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दुर्घटनाको पूरा जाँच गरिने र दोषीलाई नछोड्ने बताएका छन् ।

भारतीय रेलवे विभागले यो दुर्घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । रेलवेका अनुसार ट्रेन नब्र १२४८१ कोरोमंडल एक्सप्रेस बहानगा बजार स्टेसनको मुख्य लाइनबाट गइरहेको थियो । सोही समयमा अप लूप लाइनमा सो रेल मालगाडी ( रेल ) सँग ठोक्कियो । त्यतिबला यात्रुबाहक रेल पूरा गतिमा भएकाले रोक्न सम्भव नभएको बताएको छ । यसरी रेल ठोक्किदा २१ वटा कोच डिरेल भएको र ३ वटा कोच लाइन आउट भएको रेलवेले जनाएको छ ।

यसै समय डाउन लाइनबाट ट्रेन नम्बर १२८६४ यशवंतपुर-हावडा एक्सप्रेस बहानगा बजार स्टेसनबाट गइरहेको थियो र सो रेल कोरोमंडल एक्सप्रेससँग ठोक्कियो । यसपछि हावडा एक्सप्रेसका २ वटा डब्बा रेल लाइनबाट उछिट्टिए । रेलवेका अनुसार कोरोमंडल एक्सप्रेसमा १२५७ र हावडा एक्सप्रेसमा १०३९ जना यात्रुले बुकिङ गराएका थिए ।

भारत सरकारले मृतकका आफन्तहरूलाई आर्थिक राहतको घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation