
पाल्पा । पाल्पामा लु १ च ९०२४ नम्वरको जिप दुर्घटना भएको छ । पाल्पाको को रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा जिप दुर्घटना भएको हो । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको सत्वतीको केवरेछेडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जना घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । घाईतेहरुलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि बुटवलतर्फ पठाइएको छ भने मृतकहरुको पोष्टमार्टमको लागि बुटवलतर्फ पठाएको छ । मृतकको भने पहिचना खुलेको छैन ।
जिप अत्याधिक लोड भएकाले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको हुन सक्ने बताइएको छ ।