बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अत्याधिक गर्मी बढेपछि राप्तीका सवै विद्यालय ३ दिनका लागि बन्द

देउखुरी । राप्ती गाउँपालिकाका सवै विद्यालय ३ दिनका लागि विदा गरिएको छ ।

केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि राप्तीका विद्यालय ३ दिनका लागि विदा गरिएको हो ।

मंगलबार बसेको राप्ती गाउँपालिका गाउँशिक्षा समितिको आकस्मिक बसेको बैठकले गाउँपालिका भित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा जेठ २४ गते देखि जेठ २६ गते सम्म ३ दिनका लागि विद्यालय पठनपाठन स्थगन गर्ने निर्णय गर्दै सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सवै विद्यालयहरु ३ दिनका लागि बन्द गरिएको हो ।

उक्त निर्णय कार्यन्यवन गर्न सवै विद्यालयलाई आग्रह समेत गरिएको जारी सुचनामा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation