गढवा । दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुको लगानीमा चप्पल उत्पादन व्यवसाय सुरु भएको छ ।
गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समुह र लालीगुराँस उध्दमशिल समुह पचाहका महिला समुहले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् ।
आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुलनाराका साथ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चप्पल उत्पादन व्यवसायको उद्घाटन गरिएको हो ।
गढवा गाउँपालिका वडा नम्बर २का वडा सदस्य ओम प्रकाश चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
चप्पल उत्पादन व्यवसाय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा २ नम्बर वडा सदस्य ओम प्रकाश चौधरीले सानो लगानी बाट ठुलो व्यवसायी बन्न सकिने बताउनु भयो । २ नम्बर वडामा लगभग १२ सय घर परीवार रहेकोले उत्पादन भएको चप्पल १२ सय घर परिवारले प्रयोग गरे चप्पलको बजारीकरणमा समस्या नहुने बताउनु भयो । आत्मबिस्वास बिना कुनै काम सफल नहुने बताउदै तन मन बचन र मिहेनतले लागे जस्तो सुकै जटिल काम पनि सफल हुने बताउनु भयो । गढवा गाउँपालिका र महिला उद्यम शाखाको ठुलो योगदान रहेको बताउदै चप्पल उत्पादनमा लाग्न अनुरोध समेत गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट आतिथी तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले गरिव बिपन्न बर्गहरुको आर्थिक अवस्था सुधारका लागि चप्पल उत्पादन व्यवसाय नमुना कार्य भएको बताउनु भयो। पालिकाको लगानीमा तालिम पश्चात तत्काल व्यवसायमा सञ्चालन गर्ने कुरा सामान्य नरहेको बताउदै जति तारिफ गरे पनि कमी हुने बताउदै चप्पल उत्पादन व्यवसायको सफल्ताको शुभकामना दिनु भयो ।
चप्पल उत्पादन गर्दा गढवा उद्योग बाणिज्य संघमा दर्ता प्रक्रियाको लागि आफुले सम्पूर्ण सहयोग गर्ने बताउदै व्यापारमा नाफा घाटा दुबै हुन सक्छ तर हरेक समयको सामाना गर्दै हरेस नखाई दिनरात निरन्तर लागे सतप्रतिशत सफल हुने बताउनु भयो। उत्पादन भएको चप्पलको बजारीकरणको समस्या हुन नदिने पालिका संग सहकार्य गर्दै उध्धोग बाणिज्य संग निरन्तर साथ शहयोग र समन्वय गर्ने आस्वासन दिनु भयो ।
कार्यक्रम बोल्दै गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले व्यवसाय सञ्चालनमा आईपर्ने समस्या, दर्ता प्रक्रिया, व्यवसाय सञ्चालन प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो ।
चप्पल उत्पादन व्यवसाय उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका २ नम्बर वडा सदस्य राधेश्याम थारु कुमाल,गढवा गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, कृषि बिकाश साखा प्राविधिक फुलनदेवी चौधरी, रोजगार शाखाका सत्यपाल यादव, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, समाजसेवी शिवलाल पोख्रेल, उद्यम विकास सहजकर्ता मिना चौधरी,गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगातकाको उपस्थिति रहेको थियो ।
सिर्जनशिल लघु उद्यमशिल समूहका सचिव संगिता चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण समुहकी सदस्य निमा बोटेले गर्नु भएको थियो ।