सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीका पशुपालक कृषकहरुलाई दुध बोक्ने क्यान बितरण

देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिकाका ९० जना पशुपालक कृषकलाई ७५ प्रतिशत अनुदानमा दुध बोक्ने क्यान बितरण गरेको छ ।

मंगलबार पालिकाकाे प्राङ्गणमा भएको कार्यक्रममा कृषकहरुलाई ५ र १० लिटरका क्यान बितरण गरिएको हो ।

कृषकलाई पशुपालनमा अभिप्रेरित गर्नको लागि गाउँपालिकाले क्यान बितरण गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

व्यावसायिक रुपमा पशुपालन गरेका कृषकलाई हौसला स्वरुप क्यान बितरण गरेको भन्दै अध्यक्ष विष्टले प्लास्टिकका भाँडाहरुमा लामो समय सम्म दूध राख्दा बिग्रने समेत बताउनुभयो ।

त्यस्तै गाउँपालिकाका पशुपालक कृषकहरुलाई दुध बजार सम्म पुर्याउन सहज हाेस् भन्ने उद्देश्यले अनुदानमा क्यान वितरण गरेको पशु सेवा शाखाका शाखा प्रमुख जीवराज पाैडेलले बताउनुभयो ।

क्यान वितरणका लागि शाखाले यस अघि नै आवेदन माग गरेको थियो ।

आवेदन माग भएका पशुपालक कृषकहरुलाई साे क्यान वितरण गरिएको शाखा प्रमुख शर्माले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation