बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङको राप्तीमा पोषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण सम्पन्न

देउखुरी । दाङको राप्ती गाउँपालिकाकाे आयोजनामा पोषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाकाे सभा हल मसुरीयामा सम्पन्न भएको छ।

कार्यक्रममा आधारभूत पोषण, बहुक्षेत्रीय पोषण योजना, पोषणको अवस्था, अवधारणा र सुधारका प्रयासबारे छलफल भएको जनाईएको छ ।

त्यस्तै कार्यक्रममा पाेषणमैत्री स्थानीय शासनको अर्थ,पाेषणमैत्री राष्ट्रिय कार्यविधि साेच, लक्ष्य, उदेश्य र रणनीति, पाेषणमैत्री स्थानीय घाेषणाका विभिन्न तहहरु, पाेषणमैत्री स्थानीय घाेषणाका विभिन्न निकायहरुकाे भुमिका, पाेषणमैत्री स्थानीय तह घाेषणाका सूचकहरु बारेमा जानकारी गराइएको थियोे ।

कार्यक्रममा राप्ती गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष एवंम गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा पालिका उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण बहुक्षेत्रीय पोषण योजनाका लुम्बिनी प्रदेश संयोजक भूमिश्वर शर्मा र प्रशिक्षक विकास ज्ञवालीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation