आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङको राजपुरमा घरमा आगलागी हुँदा आठ लाखकाे क्षति

दाङ । राजपुर गाउँपालिका वार्ड नं ५ महतेनी खोला पण्डितबासे बस्ने टेकबहादुर बुढा मगरको घरमा गएराति अचानक आगलागी हुँदा दुई तल्ले घरको खरको छाना भएको घर जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको प्रहरी चौकी चङ्गुवाले जानकरी गराएको छ ।

आगलागीबाट खरको छाना भएको दुई तल्ले घर उक्त घरमा भएको गास, बास, लत्ताकपडाका साथै दुई क्विन्टल धान, दुई क्विन्टल चामल, चार क्विन्टल गहुँ, एक क्विन्टल तोरी, पचास केजी मसुरो, तिन केजि बेसार, ब्रान्ड नगद चौतिस हजार गरी दुई लाख पचास हजार र घर पाँच लाख पचास हजार गरी जम्मा आठ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी गराएको छ ।

साथै आगलागि बाट नेपाली नागरीकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, विद्यार्थीका मर्कसिट लगायत कागजात जलेर नष्ट भएको प्रहरीले जानकारी दिइएको छ ।

करिब राती ११ बजे भएको सो आगलागिबाट घरका साथै बाख्राको खोर पनि जलेर नष्ट भएको छ। बाख्रा भने अन्यत्रै बाँधिएको कारण पशु चौपाया क्षति नभएको हो । आगलागी समयमा माथिल्लो तल्लामा सुतेका नाबालक छोराहरु एक्कासी चिच्याए पछि आमाले थाहा पाउनु भई नजीकै घर भएकी देउरनीलाई खबर गरी झण्डै दुई बजे तिर आगो नियन्त्रणमा आएको हो । टेकबहादुर बुढा भने मजदूरी गर्न मनाङ जिल्लामा रहेका छन ।

घटनाको सुचना थाहा भएपछि प्रहरी चौकी चङ्गुवाका प्रस्नी महावीर चौधरीको नेतृत्वको टोली एकबिहानै त्यहाँ पुगेको थियो । त्यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक वहादुर विष्ट, स्थानिय समाजसेवी कुलराज गिरी, लक्ष्मी प्रसाद बुढा, जसवहादुर घर्ति र सञ्चारकर्मी महेश रिजाल एकाबिहानै घट्ना स्थल पुग्नु भएको थियो । अहिले पीडितका परिवार दुई छोरा र श्रीमती कान्छा भाई रेकावहादुर बुढाको आश्रयमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation