बिहिबार, माघ २३, २०८२

लमहिको एक होटलबाट ४ जना जुवाडे सहित होटल सञ्चालक पक्राउ

दाङ । देउखुरीको लमहीमा संचालन रहेको एक होटलबाट ४ जना जुँवाडे सहित होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो लमही-४ शान्तिनगरमा संचालन रहेको कुशल होटल एण्ड लजमा पैसाको जित-हार हुनेगरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटि गएको प्रहरी टोलीले जुँवा खेली रहेका जुँवाडे सहित होटल संचालकलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा वडा नम्बर १ नर्ती बस्ने वर्ष ३० का शुरेश चौधरी, लमही २ बनकट्टा बस्ने वर्ष २७ का शुरेश चौधरी, राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया बस्ने वर्ष ३५ का सन्तोष चौधरी, कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १ चन्द्रौटा बस्ने वर्ष ३९ का पन्चम चौधरी गरि चार जना रहेका छन् ।

त्यस्तै जुँवाको खालबाट एक गड्डी तास र नगद ९८ हजार ३० रुपैया बरामत भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । यस्तै पैसाको हारजित हुने गरी जुँवा खेल्न आफ्नो स्वामित्वमा रहेको होटलको कोठा प्रयोग गर्न दिए वापत उक्त होटल संचालक वर्ष ४० कि पार्वती खड्कालाई समेत नियन्त्रणमा लिई जिल्ला अदालबाट म्याद थपगरी घटना सम्बन्धि थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation