सोमवार, कार्तिक २५, २०८२

प्रहरी चौकी पुरन्धारा पश्चिम दाङको नवनिर्मित भवनको डिआईजी जोशीद्वारा उद्धघाटन

दाङ । लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट प्रहरी चौकी पुरन्धारा पश्चिम् दाङको नव निर्मित कार्यालय/ब्यारेक तथा मेष भवनको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशीको प्रमुख आतिथ्यतामा बबई गाँउपालिकाका अध्यक्ष कुल बहादुर खत्रीको अध्यक्षतामा प्रमुख अतिथीबाट सिलालेखको अनावरण तथा भवनको अवलोकन गरी समुदघाटन गरिएको थियो ।

लुम्बनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरीष्ठ उपरीक्षक कृष्ण बहादुर पल्ली मगर, जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख किरण प्रकाश मल्ल जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, स्थानिय जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि स्थानिय भद्र भलादमी सुरक्षाकर्मी लगायत अन्दाजी दुई सय जनाको उपस्थिति रहेको, उक्त कार्यक्रमको अवसरमा ई.प्र.का. तुलसीपुरका प्र.ना.उ. पुष्पराज मल्लबाट स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

भवन निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई प्रमुख अतिथि डिआईजी जोशीबाट प्रशंसा पत्र प्रदान गर्नुका साथै प्रहरी र समुदाय बिचको सम्बन्ध र सुरक्षाको बारेमा महत्वपुर्ण मन्तव्य दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वलीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation