शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीका बाख्रा पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बाेयर बोका वितरण

देउखुरी । दाङको राप्ती गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई बाेयर बोका वितरण गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा बाेयर बोका वितरण गरेको हो ।

गाउँपालिकाले १८ जना बाख्रा पालक कृषकहरुलाई प्रजनन नश्ल सुधारका लागि ७५ प्रतिशत क्रस बाेयर बोका वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जीवराज पाैडेलले जानकारी दिनुभयो ।

अनुदानमा बोका वितरणका लागि गाउँपालिकाले गत महिनामै आवेदन माग गरेको थियो ।

प्राप्त आवेदनकाे आधारमा कृषकहरुलाई बाेका वितरण गरिएको शाखा प्रमुख पाैडेलले जानकारी बताउनुभयो ।

सुर्खेतबाट बाट खरिद गरि ल्याइएका बोयर जातका क्रस बोका गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले साेमबार वितरण गर्नुभएको हो ।

गाउँपालिकामा रहेका स्थानीय जातका बाख्राहरुमा नश्नल सुधार गरि उन्नत नश्लका बाख्रा उत्पादन गर्न बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

नश्ल सुधार गरी गाउँपालिकालाई मासुमा आत्मनिरर्भर गराउने र कृषकको आयस्तर बृद्धि गर्ने उदेश्यले बाेयर जातका बाेका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

३२ हजार देखि ५५ हजार मुल्य सम्मका बोका किसानले ५० प्रतिशत अनुदानमा पाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation