बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

आखिर किन बन्दैन वेव सिरिज रावणतंत्र हिन्दी भाषामा

नब क्रिएसन को प्रस्तुतिमा निर्माण हुन गहिरहेको वेव सिरिज नेपाली लगायत अङ्ग्रेजी जापानिज कोरियन अनि बेंगोली भाषामा तयार हुँदैछ ।

पहिलो सिरिजमा निर्देशन नब राज शर्मा, कथा प्रेम बस्याल रहने, कथामा पात्रहरु अहिले २० जना छनोट हुनुभएको र बाँकी २० जना को लागि अडिशन हुने नब क्रिएसनका फाउन्डर नब राज शर्माले बताए ।

कथाको कुरा गर्दा नेपालमा हर दिन घटि रहेको घटनालाई समावेश गरिएको र दानवलाई मार्न दानव नै बन्नु पर्ने यो सिरिजमा दर्शकले देख्न पाउनुहुनेछ ; लेखक बस्यालले भने । अडिशन अब आउने असारको १५ पछि नब क्रिएसनको अफिसियल पेजमा बताइने निर्देशक शर्माले जानकारी गराउनुभयो ।

हाम्रो छिमेकी राष्ट्र भारतको भाषा हिन्दीमा जब सम्म भारतले नेपाललाई हेप्छ तबसम्म हिन्दी भाषा नब क्रिएसनको व्यानरमा बोलिने छैन र कुनै पनि हिन्दी भाषाको अडियो भिडियो बनाइने छैन, हामीलाई हाम्रो पुरानै नेपाल चाइन्छ “द ग्रेट नेपाल ” अखण्ड नेपाल र यो नेपाली फिल्म इनडस्ट्रीबाट मेरो आन्दोलन हो, हेरौं ककसले साथ दिनुहुन्छ भनी फाउन्डर शर्माले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation