सोमवार, कार्तिक २५, २०८२

राप्ती गाउँपालिकामा गर्मी विदा थप

देउखुरी । दाङको राप्ती गाउँपालिकाले गर्मी विदा थप गरेको छ । विगत केही दिनदेखि निरन्तर बढेको तापक्रमका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको तथा पठन पाठनमा समेत समस्या भएपछि सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा गर्मी विदा थप गरेको गाउँपालिकाले जनाएको छ ।

गत जेठ २४ गतेदेखि २६ गतेसम्म पहिलो चरण गर्मी विदा गरेको पालिकाले २७ गतेदेखि पुनः पढाई सञ्चालन गर्न भनेको थियो ।

तर शिक्षासंग सरोकार राख्ने सरोकारवालाहरुले विद्यालयमा पठन पाठन स्थगित गर्न सुझाव दिए पछि मंगलबार एक विज्ञेप्ती निकालेर जेठ ३१ गते देखि असार १ गतेसम्म हिउँदे र बर्खे विदा कट्टी हुने गरी विद्यालयमा गर्मी विदा दिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation