शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अधिवक्ता पौडेलको नव दाम्पत्य जोडिद्वारा निलसागर सेवा आश्रमालाई आर्थिक सहयोग

देउखुरी । दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम लाई अधिवक्ता दामोदर पाैडेलकाे नव दम्पतीले आर्थिक सहयोग गर्नु भएकोे छ ।

पालिकाकाे वडा नम्बर ८ बिजाैरी निवासी अधिवक्ता दामोदर पाैडेल र उहाँकि श्रीमती शुष्मा पन्थी पाैडेलकाे नव दम्पती जाेडीले बिवाहमा प्राप्त भएको रकम मध्ये १५ हजार १ सय ५ रुपैयाँ आश्रमलाई सहयोग गर्नु भएको हाे ।

पाैडेल दम्पतीले आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीलाई बुधबार आश्रममै आई साे रकम प्रदान गर्नु भएको थियोे ।

अधिवक्ता पाैडेलले थाेरै भए पनि आश्रममा रहेका असहायहरुको भोजनमा सहयोग हाेस् भन्ने उदेश्यले साे रकम प्रदान गरेकाे बताउनु भएको छ ।

त्यस्तै पाैडेलले असहाय अशक्तहरु लाई सहयोग गर्न पाउदा खुसी समेत लागेको बताउनु भयाे ।

आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीले गरिब अशक्तहरुलाई सहयोग गरेर पुन्य कर्म गरेकाे भन्दै पाैडेल दम्पतीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

अधिवक्ता पाैडेल यसै महिनामा मात्रै गढवा निवासी शुष्मा पन्थी सँग बिवाहा बन्धनमा बाधिनु भएको थियो ।

पाैडेलले विगतका वर्षहरु देखि नै विभिन्न किसिमका सामाजिक तथा मानवीय सेवा गर्दै आई रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation