देउखुरी, २ असार । दाङमा शनिबार दिउँसो एक घरमा आगलागी भएको छ ।
दाङ जिल्लाको राप्ती गाउँपालिका ९ लामाखाेलाका कुविर घर्ती मगरको एक तले फुसले छाएको काठको घरमा आगलागी भएको हाे ।
घर नजिकै रहेको राष्ट्रिय वनबाट आएको आगाे घरमा सल्कदा साे घट्ना भएको वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिनु भएको छ ।
मध्यान्ह १२ बजे तिर लागेको आगाे स्थानीयको सहयोगमा घरमा लागेको आगो एक घण्टा पछि नियन्त्रणमा आएको थियो ।
आगो नियन्त्रण आए पनि घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामाग्रीहरु पूर्ण रुपमा जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको पिडीत घर्तीले जानकारी दिनुभएको छ ।
दाङमा प्रायः खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ ।
फुसले छाएका घरहरु हटाउने अभियानमा यहाँका जनप्रतिनिधि क्रियाशील रहेका छन् ।











