बिहिबार, चैत्र १२, २०८२

राप्ती गाउँपालिकाकाे नीति तथा कार्यक्रम संशोधन सहित पारित

देउखुरी ५ असार । दाङ राप्ती गाउँपालिकाकाे नीति तथा कार्यक्रम साेमवार संशोधन सहित पारित भएकाे छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आइतबार दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा यस आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिंदै १७ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

नीति तथा कार्यक्रम उपर छलफलका लागि सभाका सदस्यहरुले थप १ दिनका लागि समय मागे पछि साेमवारका लागि बैठक स्थगित गरिएकाे थियाे । साेमवार पुन बसेकाे बैठकमा सभाका सदस्यहरूले केहि बुँदा संशोधन गर्न माग गरेका थिए ।अध्यक्ष विष्टले बैठकमा उठेका प्रश्नको जवाफ सहित केही बुदाहरु संशोधन भएको बताएपछि निति तथा कार्यक्रम पारित भएको हाे ।

“समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी” भन्ने मूल सोचका साथ तथा युवा तथा महिला उद्यमशिलतामा राप्ती गाउँपलिका पहिला भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

दोस्रो गाउँसभाको तेस्रो अधिवेशनकाे चाैथाे बैठक आगामी असार आठ गते शुक्रबार  दिउसो एक बजे पुनः बस्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation