बिहिबार, माघ २३, २०८२

दाङ एसपी वली साईबर सुरक्षा, जबरजस्ती करणी अपराध नियन्त्रण लगायत बिषयमा कलाश दिदै

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार ८ गते घोराही स्कुलमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त आयोजना तथा स्कुलको व्यवस्थापन एवं सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, उक्त स्कुलमा बिभिन्न बिषयमा बृज कोर्षको तयारी गरिरहेका बिद्यार्थीहरु लगायत अन्दाजी २०० जनाको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले साईवर अपराध, जबरजस्ती करणी, आत्महत्या, चोरी, लागू औषध, बाल विवाह, जातिय छूवाछुत, यौन दुर्ब्यवहार लगायत बिभिन्न अपराधहरु नियन्त्रण तथा प्रहरीलाई सम्पर्क गर्ने माध्यमहरुको बिषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation