बिहिबार, माघ २३, २०८२

गढवा गाउँपालिकामा ६३ करोड १४ लाख बजेट बिनियोजन ; शिक्षा, स्वास्थ्य र कृषिमा बिशेष जोड

गढवा, १० असार । दाङको गढवा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ६३ करोड १४ लाख ५७ हजार १ सय ७२ रुपैयाँको  बिनियोजन गरिएको छ ।

गाउँपालिकाको १३औं अधिवेशनको तेस्रो  बैठकमा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

‘शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार’ भन्ने मुल नाराका साथ आज आइतबार आगामी आर्थिक बर्ष २०८० /०८१ को बजेट बिनियोजन गरिएको छ ।आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य,रोजगार र कृषि  लाई बिशेष जोड दिंदै बजेट बिनियोजन गरिएको छ ।

गढवा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८०मा कुल चालु खर्च तर्फ ४४ करोड ६१ लाख १८ हजार ४ सय १५, पुँजीगत खर्च ३४ करोड ९५ लाख १५ हजार ७ सय ४६ गरी जम्मा बजेट ७७ करोड ५६ लाख ३४ हजार १ सय ७२थियो भने यस बर्ष घटेर प्रस्तावित चालु खर्च तर्फ ३९ करोड ५२ लाख २ हजार र पुँजीगत तर्फ खर्च २३ करोड ६२ लाख ५५ हजार १ सय ७२ रुपैयाँ गरी कुल बजेट ६३ करोड १४ लाख ५७ हजार १ सय ७२ रुपैयाँ रहेको छ ।

संघ तथा प्रदेश सरकारबाट हस्तान्तरण बिभिन्न चालु, शसर्त पूजिगत, सम्पुर्ण बिशेष गरी कुल २५ करोड ८७ लाख ५० हजार रुपैयाँ बिभिन्न शिर्षकमा बिनियोजन भए बमोजिम खर्च हुने ब्यवस्था मिलाईएको छ भने कार्यलय व्यवस्थापन तथा प्रशासनिक खर्च शिर्षकमा १० करोड ९३ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको प्रस्तुत गर्नु भएको छ । त्यसैगरी शिक्षा लाई पहिलो प्रथामिक्तामा राखी निशुल्क शिक्षा कार्यक्रम अन्तरगत विध्यालय पूर्वाधारमा १ करोड रुपैयाँ, स्वयं सेवक शिक्षक व्यवस्थापनका लागि विध्यालयहरु लाई शिक्षण सहयोग अनुदान वाफत २ करोड ९ लाख ९५ हजार र प्रारम्भिक बाल विकास केन्द्रका लागि ५६ लाख ४२ हजार रुपैयाँ व्यवस्थापन गरेको प्रस्तुत गर्नु भयो ।

त्यस्तै आगामी आर्थिक बर्षका लागि कृषि विकास तर्फ  १ करोड ५३ लाख, स्वास्थ्य तर्फ  ९३ लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक तर्फ ५३ लाख ९५ हजार, वन, वातावरण तथा फोहोरमैला व्यवस्थापनका लागि ३० लाख, पशुपंक्षी तथा मत्स्य विकास तर्फ ५२ लाख २० हजार बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरी न्यायिक समिति तर्फ ७० लाख, पञ्जिकरण तथा सामाजिक सुरक्षा तर्फ ३० लाख, सहकारी शाखा तर्फ १० लाख, शिक्षा, युवा तथा खेलकुद तर्फ ८२ लाख, आयुर्वेद औषधालयको लागि १५ लाख, गाउँपालिकाको स्तर योजना तथा कार्यक्रम तर्फ ७६ लाख ६५ हजार, वडागत ५५ लाख ९० हजार, वडागत प्रोत्साहन ९८ लाख, सम्पुर्ण कोष ३ करोड ४२ लाख १५ हजार १ सय ७२ रुपैयाँ, गाउं गौरव तथा गाउँपालिका स्तरीय योजनाहरुको लागि १ करोड ५० लाख गरी कुल ३७ करोड २७ लाख ७ हजार १ सय ७२ रुपैयाँ र संघ तथा प्रदेश सरकारबाट शसर्त अनुदान बिशेष अनुदान समेत गरी कुल ६३ करोड १४ लाख ५७ हजार १सय ७२ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी मोतिबिन्दु तथा अन्य आँखा सम्बन्धी उपचारका लागि १० लाख, साना सिँचाई तथा निर्मित बोर्रिङको मर्मत सम्भारका का लागि ५४ लाख, गौशालामा कम्पोष्ट मल उध्धोग निर्माण, करार खेती अनुदान लगाएतको कार्यक्रमको लागि २३ लाख, मधेसी, मुस्लिम पिछडा बर्ग लगाएतको व्यवसाय तथा आय आर्जन कार्यक्रम तर्फ १७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी स्वास्थ्य संस्थाको लागि आवश्यक उपकरणहरु जेनेटर, माईकरोस्कोप, बिरामी बेड, फर्निचर र फार्मेसी सेवा सञ्चालनका लागि २१ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको पालिकाका प्रबक्ता भक्तु चौधरीले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation