काठमाडौँ । नेपाल सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।