बिहिबार, माघ २३, २०८२

धरानका मेयर हर्क साम्पाङ सम्मानित

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई वर्ल्ड बुक अफ रेकर्ड्सले समेत कदर गरेको छ ।

मेयर साम्पाङले यही श्रम संस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करिब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स – लन्डन’ ले कदर गर्दै सम्मान गरेको हो ।

शुक्रबार धरान उप-महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा उक्त कदर पत्र हस्तान्तरण गरिएको थियो ।

कदरपत्र पाएपछि प्रफुल्लित हुँदै मेयर हर्क साम्पाङले आफूले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मूल्याङ्कन हुँदा अझै काम गर्ने जोस थपिने बताउँदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation