सोमवार, कार्तिक २५, २०८२

लागु औषध (ब्राउन सुगर ) सहित पाँच जना पक्राउ

भालुवाङ, १७ असार । दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियाबाट लागु औषध ( ब्राउन सुगर ) सहित शुक्रबार पाँच जना पक्राउ परेका छन ।

लागू औषध ( ब्राउन सुगर ) को कारोबार तथा सेवन हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी मसुरिया दाङबाट प्र. ना. नि. निम बहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका ३ मसुरिया स्थित रामकली कामिको घरबाट गत असार १५ गते बेलुका करिब ७ बजे ती व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया बस्ने बर्ष २७ को शेरे भनिने दिलिप कामी, राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया बस्ने बर्ष २२ को सुरज कामी, राप्ती गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष २२ को सुशील गिरि, राप्ती गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष २० कि नेहा राई र रोल्पा जिल्ला लुडग्री गाउँपालिका १ घरभई हाल राप्ती गाउँपालिका १ बस्ने बर्ष ३० को छबिलाल पुन मगर रहेका छन ।

उक्त घरमा रितपुर्वक खान तलासी गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित डिजिटल तराजुमा एकमुष्ठ तौल गर्दा ४ ग्राम ०.७ मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा ३ ग्राम ०.१ मिलिग्राम फेला पारेको थियो ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत दाङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय भालुवङले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation