Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिका स्तरीय युवा चेम्बर गठन, अध्यक्षमा विष्णुप्रसाद सुवेदी

भालुवाङ २० असार राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो मातहतमा रहने गरि युवा चेम्बर अफ कमर्स गठन गरेको छ । चेम्बरले बुधबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि पालिका स्तरीय युवा चेम्बर गठन गरेको हो ।

युवाहरुको नेतृत्व तथा क्षमता विकास सँगै युवाहरूलाई उद्यमशीलता सँग जोड्न राप्ती गाउँपालिकाको ९ वटै वडालाई समेटेर युवा चेम्बर गठन गरिएको हो । चेम्बरका सदस्य विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा ७ सदस्य पछि थप गर्ने गरि २१ सदस्यीय युवा चेम्बर गठन गरिएको छ ।

गठित युवा चेम्बरको प्रथम उपाध्यक्षमा श्रवण आचार्य, दोस्रो उपाध्यक्षमा विनोद सोनी, महासचिवमा विकास भट्टराई, सचिवमा कल्पना पुन मगर, कोषाध्यक्षमा मोतीराम भट्टराई र सह कोषाध्यक्षमा गोमा घर्ती मगर रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा वर्षा केसी, सिर्जना थापा, पदम परियार, गणेश गौतम, सुनिता परियार, कृतिमान चौधरी, प्रेमबहादुर चौधरी र युकला रेश्मी रहेका छन् ।

राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । चेम्बरकी प्रथम उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation