Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अबको दुई बर्ष भित्र प्रदेशका दुई लाख नागरिकहरूलाई स्वरोजगार बनाउँछौ : मन्त्री मास्की

देउखुरी २५ असार । दाङको राप्ती गाउँपालिकाले बेरोजगार युवाहरुलाई उद्यमशील बनाउने उदेश्यले सञ्चालन गरेको व्यवसायिक याेजना सहित सरसफाई सामाग्री उत्पादन गर्ने सीपयुक्त एक हप्ते तालिमको साेमबार समापन गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।

समापन कार्यक्रममा बाेल्दै मन्त्री मास्कीले अबको दुई बर्ष भित्र प्रदेशका दुई लाख नागरिकहरूलाई स्वरोजगार बनाउने बताउनु भएको छ ।

उहाँले भरखरै संसदबाट पारित भएको नीति तथा कार्यक्रम एवम् बजेटमा नै दुई बर्ष भित्र दुई लाख युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य लिएको बताउदै  प्रदेशका १२ वटै जिल्लाका उद्यमशिल बन्न चाहने युवा युवतीहरुलाई स्वरोजगार बनाउने गरी आवश्यक बजेटको व्यवस्था समेत गरेको बताउनु भयो ।

त्यस्तै मन्त्री मास्कीले स्वरोजगार कै माध्यमबाट समृद्ध लुम्बिनी र आत्मानिर्भर प्रदेश बनाउन सकिने बताउनुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।त्यस्तै उहाँले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा शिपमूलक शिक्षा र उद्यमशिलताको विकास लाई बढी जाेड दिएको बताउदै बाँकी चार बर्षे कार्यकालमा एक हजार युवाहरुलाई उद्यमशिल बनाउने लक्ष्य रहेको बताउनु भयो । अध्यक्ष विष्टले युवाहरुले उद्यमशिल गर्नका लागि योजना लिएर आएको खण्डमा बैंकबाट सहुलियतदरमा कर्जा उपलब्ध गराउने गरी ग्लोबल आईएमी बैंक भालुवाङ शाखा संग सम्झौता भएको समेत बताउनु भयो ।

समृद्ध नेपालका लागि स्वच्छ, कर्मठ र उद्यमी युवा भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका दाङ र राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरकाे संयुक्त आयोजनामा सञ्चालित तालिमका सहभागीहरुलाई हार्पिक, कुलीन, फिनाईल, ह्यान्ड वास लगायतका सामाग्रीहरु उत्पादन र बजारीकरण सम्बन्धी सिकाइएकाे थियो ।

विभिन्न तालिममा लागि कुल ४ सय २ जना युवाहरुले आवेदन दिएकोमा पहिलो चरणमा २५ देखि ४५ वर्ष उमेर समुहका ८७ जना युवाहरुलाई सरसफाई सामाग्री उत्पादन सम्बन्धी तालिम प्रदान गरिएको हाे । तालिममा बहिराहरुका लागि सांकेतिक भाषा सिकाउन दोभासेको समेत व्यवस्था मिलाइएको थियो ।

तालिमको प्रशिक्षकमा राष्ट्रिय युवा परिषद्का सदस्य सन्दिप सपकाेटा, मदन खड्का र प्रकाश अधिकारी रहनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation