सोमवार, कार्तिक २५, २०८२

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती

प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र छोरीहरू रेणु र गंगाले दागबत्ती दिए ।

प्रचण्डले ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए । दाहसंस्कार अघि ब्रह्मनालमा राखिएकी सीतालाई  प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए ।

त्यस्तै, नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो । उनको शवलाई नेपालको राष्ट्रिय झण्डा ओढाइएको थियो ।

सीताको आज बिहान ८ः३३ बजे निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation