बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

तीन दिने उद्यमशीलता तालिम आइतबार सम्पन्न

राप्ती गाउँपालिकाको सहकार्यमा सञ्चालित तीन दिने उद्यमशीलता बुट क्याम्प (तालिम) आइतबार राप्ती गाउँपालिकामा सम्पन्न भएको छ ।

स्वच्छ व्यबसायी समूह नेपालकाे आयाेजना तथा राप्ती गाउँपालिकाकाे सहकार्यमा सञ्चालित तीन दिने उद्यमशीलता बुट क्याम्प (तालिम) काे समापन अध्यक्ष प्रकाश विष्टले गर्नु भएको थियो । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले  युवाहरूले विशेष गरि कृषिमा व्यवसायिकरण तथा आधुनिकरण गरि कृषि कर्म गर्न आग्रह गर्नुका साथै गाउँपालिका सहयाेग गर्न तयार रहेकाे बताएका छन् ।                       

उनले व्यबसाय गर्न ज्ञान, सिप र कला सबै कुराकाे संयाेजन हुन जरूरी हुने बताउँदै सफल व्यवसायी हुन युवाहरूले आफुभित्र त्यसकाे बिकास गर्नुपर्ने बताएका छन् । त्यस्तै उपाध्यक्ष कमलापती चाैधरीले अब राप्ती गाउँपालिकाका युवाले ज्याला मजदुरी मात्र गर्ने नभई आफै उद्यमशिल हुन आग्रह गरेकी छिन् ।                         

तालिममा व्यवसायी कसरी सञ्चालन गर्ने भन्ने विषयमा सिकाइएकाे थियाे । राप्ती गाउँपालिका भित्रका ३३ जना युवा / युवतीहरुकाे सहभागीता रहेकाे तालिमकाे सहजीकरण स्वच्छ ब्यबसायी समूह नेपालका सलिना श्रेष्ठ र बासुदेब घिमिरेले गरेका थिए ।                                                                                               

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation