बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङमा पहिलो पटक जरिवानाबाट संकलन हुने राजस्व सिधै बैंकमा जम्मा गर्न मिल्ने

दाङ ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आर्थिक बर्षको सुरुवात संगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले जानकारी दिनु भएको छ ।

ट्राफिक प्रहरीको भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने छ उहाँले बताउनु भयो । दाङ जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, अस्थायी ट्राफिक प्रहरी पोष्ट तुल्सीपुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङमा ट्राफिक प्रहरीबाट हुने कारवाही तथा राजश्व ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट हुने हुदाँ अनलाईन (इसेवा, फोन पे, कनेक्ट आइपीएस र मोबाइल बैंकिङबाट गर्न सकिने छ ।

साथै ट्राफिक प्रहरीको अनलाईबाट भुक्तानि गर्न इच्छुक नभएका ब्यक्तिहरले राष्ट्रिय वाणिज्य बैंकमा भौचर मार्फत रकम भुक्तान गरी सम्बन्धीत कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सक्नेछन । साथै मापसेमा परेका ब्यक्तिहरुले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने कक्षा मा अनिवार्य सहभागिता हुनुपर्ने छ ।

यो सेवा लुम्बिनी प्रदेशका जिल्लाहरु दाङ बाँके आइतबार देखि र रुपन्देहीमा श्राबण १ गते सोमबार देखि संचालन हुन लागेको हो । जसले गर्दा ट्राफिक प्रहरीको कार्यालयमा पुग्नु पर्ने बाध्यताबाट सवारी चालकहरु झन्झटबाट मुक्त हुने छन भने सवार चलाउदा अनिवार्य कागजात बोक्नुपर्ने बानीको विकास समेत गर्नु आबश्यक रहेको दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation