शुक्रबार, माघ ११, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

बाँके ट्राफिकद्वारा नियम उल्लंघन गर्ने सवारीसाधनबाट २ करोड बढी राजस्व संकलन

बाँके ०३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्ममा ४३ हजार ८ सय ३८ वटा सवारी साधनलाई कारबाही गरि २ करोड बढि राजस्व संकलन गरेको छ ।

गत आर्थिक बर्षमा सवारी साधनलाई कारबाहीबाट मात्र २ करोड ६१ लाख ९७ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक  प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिनुभएको छ ।

बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व भन्दा पनि बढी जनचेतनाका कामहरुलाई संगसंगै अगाडी बढाईरहेको समेत बाँके ट्राफिक प्रमुख सुनारले  जानकारी दिनु भयो । पहिले र अहिलेको ९ महिनामा उठ्ने राजस्व ४ महिनाको तुलनामा पछिल्लो समय सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गैइरहेको दिनदिनै तपाईं हामीले सुन्न अनि देखेकै छौ ।

पहिले पहिले नेपालगन्ज कोहलपुर सडकखण्ड सानो र साघुरो थियो सवारीसाधन चालक अनि पैदल यात्रु सबै सचेत बनेर हिढ्ने गर्थे अहिले बाटो चौडा र फराकिलो बन्दै गएको छ तर पनि सवारीसाधन चालक अनि तपाईं हाम्रै लापरबाहीले दिनप्रतिदिन दुर्घटना निम्तिरहेको यसबाट हामी बच्न ट्राफिक नियमको पालाना गर्न हामी सबैमा अनुरोध गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation