बिहिबार, माघ २३, २०८२

गोर्खा आइडल स्कुल लालमटियाले दियो अभिभावकहरुलाई प्रशिक्षण

भालुवाङ ०६ साउन । दाङ जिल्ला राप्ती गाउँपालिका २ लालमटिया स्थित गोर्खा आइडल स्कूलको आयोजनामा अभिभावकहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ ।

बिद्यालय कार्य समितिका सदस्य लोकमान रिजालको सभापतित्व र प्रिन्सिपल बसन्त पुनको सञ्चालनमा भएकोे प्रशिक्षणमा खगेन्द्रपदमा ट्रेनिङ एण्ड काउन्सिलिङ सेन्टर काठमान्डौंका प्रबंधक निर्देशक पुरुषत्तम गौतमले प्रशिक्षण दिनू भएको थियो ।

बिद्यालयका छात्रछात्राहरुको गुणस्तरीय शिक्षा, अनुशासन् र दक्षता हासिल गर्नका लागि अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका रहने भएकोले यस प्रकारका कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभापति तथा कार्यसमितिका सदस्य रिजालले बताउनु भयो ।

तीन सय बढी अभिभावकहरुको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा अधिकांस महिला अभिभावकहरुको सहभागिता रहेको थियो। उक्त गोर्खा आइडल स्कूलले स्थापनाकालको तेश्रो शैक्षिक क्षेत्रमै नर्सरी देखि कक्षा दशमा अध्यापन गराइरहेको छ। राप्ती गाउँपालिकाको सभाहल मसुरियामा भएकोे उक्त प्रशिक्षणमा सभ्य दृश्य प्रणाली विधि द्वारा प्रशिक्षण दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation