मङ्लबार, बैशाख ३०, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

तुलसीपुरमा भएको पत्रकारमाथीको दुर्व्यवहारप्रति पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

तुलसीपुर   दाङको तुलसीपुर स्थित रेडियो प्रकृति एफएम र तुलसीपुर खबर डटकममा कार्यरत पत्रकार चेतन वलीमाथी भएको दुर्व्यवहारप्रति पत्रकार महासंघ दाङ शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

दंगीशरण गाउँपालिका वडा नम्बर १ को सडक मर्मत र प्रतिक्षालय निर्माणको बारेमा लेखिएको समाचारको विषयलाई लिएर सशस्त्र प्रहरीको कालिका गण पोखरामा कार्यरत जवान दिप बहादुर बस्नेतले दुर्व्यवहार गरेका थिए ।

समाचारको विषयलाई लिएर फोनबाट पटकपटक धम्क्याउने गरेको र सोही विषयलाई लिएर आज सोमबार प्रत्यक्ष रुपमै गरेको दुर्व्यवहारप्रति गम्भिर आपत्ती प्रकट गर्दछौ’ पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी र सचिव आर.के शीतलद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

समाचारमा चित्त नबुझे खण्डन गर्ने र खण्डन नभए प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुदाहुदै पनि पत्रकारलाई समाचारकै विषयलाई लिएर गाली गलौज गर्ने र दुर्व्यवहार गर्ने कार्य निन्दनिय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै आगामी दिनमा यस्ता कार्य नगर्न र पे्रस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षलाई सचेत चाहान्छौ’ विज्ञप्तीमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation