शुक्रबार, माघ २४, २०८२

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री पाण्डेय द्वारा राप्तीका विभिन्न स्थानहरुकाे निरीक्षण

भालुवाङ्ग ११ साउन । लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ्ग स्थित विभिन्न स्थानहरुकाे स्थलगत निरीक्षण गर्नु भएको छ ।

मन्त्री पाण्डेयले भालुवाङ्गमा रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र भालुवाङ्ग नगर विकास समिति भवनको पूर्व तर्फ आँपखाेली ठाडाे खाेलाका कारण गएको पहिरोकाे निरीक्षण गर्नु भएको हाे ।

मन्त्री पाण्डेयले प्रहरी कार्यालयकाे कम्पाउड, मेश सम्बन्धित शाखाहरुकाे निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई बिभागय निति सम्बन्धमा मार्गदर्शन एवम् अपराध राेकथाम नियन्त्रण, शान्ति सुरक्षा लगायत समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनु भएको थियोे ।

त्यस्तै पहिराे गएको स्थानको निरीक्षण पश्चात् मन्त्री पाण्डेयले विपत व्यवस्थापन शाखा मार्फत तत्काल पहिराे नियन्त्रणको लागि काम थालिने बताउनुभयो ।

यसैबीच निरीक्षणकै क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राजधानी क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण सँगै शान्ति सुरक्षा कायम राख्न तत्काल राजमार्ग क्षेत्रमा जाेडिएका सिसि क्यामेराहरु मर्मत सँगै आवश्यक स्थानहरुमा क्यामेरा थप गर्न मन्त्री पाण्डेयलाई आग्रह गर्नु भएको थियोे ।

निरीक्षमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेय सँगै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी, वडा नम्बर १ का वडा अध्यक्ष गेम बहादुर खड्का, ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु लगायतकाे सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation