Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीकाका महिलालाई आत्मनिर्भर बनाउन एक हप्ते लेडिज फेसन डिजाईनर तालिम शुरु

देउखुरी १२ साउन । राप्ती गाउँपालिका दाङका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले एक हप्ते लेडिज फेसन डिजाईनर तालिम शुरु भएको छ ।

नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीकाे आयोजनामा उक्त तालिम शुरु गरिएको हाे ।

तालिमको शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईनर तालिमकाे महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

त्यस्तै उहाँले पछिल्लो समय आफ्नो माैलिक पाेषक भन्दा पनि आयातीत पश्चिमा फेसनको बढी प्रयोग भएको भन्दै लेडिज फेसन डिजाइनर तालिममा स्वदेशी माैलिक पाेषकहरुलाई बडवा दिनु पर्ने कुरामा जाेड दिनु भयो ।

सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन गर्न फेसन डिजाइनर तालिम संचालन गरिएको नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दामाईले जानकारी दिनु भयो ।

राप्ती गाउँपालिकाका नाै वटै वडाका ३० जना महिलाहरूकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षक मनु थापा रहनु भएको छ ।

तालिम राप्ती गाउँपालिका २ बराखुटी स्थित करम्दी सामुदायिक वन काे हलमा संचालन हुने बताइएको छ ।

उद्घाटन कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दमाईकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation