Dangali Onlinekhabar

Advertisment

SKIP THIS

भालुवाङ ट्राफिक प्रहरीले मोडिफाई गरेका मोटरसाईकलहरु धमाधम कारबाही सुरु

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहतमा रहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङले स्वरुप परिवर्तन मोडिफाई बुलेट मोटरसाइकल एवं सवारी साधनलाई कारबाही गरेको छ ।

साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी चलाएका मोटरसाईकलहरूलाई कार्यालयको नियन्त्रणमा लिई कम्पनिकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारवाही गरी सम्बन्धित सवारी धनीहरूलाई जिम्मा लगाउने गरेको अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङका इन्चार्ज ओम प्रकाश कुर्मीले बताए ।

विशेष गरि बुलेट बाईकहरुमा यो समस्या देखिने गरेको उहाँको भनाई छ ।

‘बाईकको साईलेन्सर परिबर्तन गरि ठुलो आवाज आउने भएकाले ध्वनि प्रदुषण भएको गुनासो आउन थालेपछि हामीले त्यस्ता बाईकहरुलाई निगरानी गर्न थालेका हौँ’ उहाँले भन्नुभयो बुलेट बाईकहरुमा यो समस्या देखिएको छ । विशेष गरि स्वरुप परिवर्तन मोडिफाई बाईकलाई कारबाही गरिएको छ ।’

कुर्मीले बाईकहरु मोडीफाई नगर्न अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो ।

यता जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सवारी तथा यातायात व्यवस्था ऐनमा स्वरूप परिवर्तन गरी सवारी चलाएमा सोही ऐन बमोजिम कारबाही हुने जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation