मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

निर्वाचन आयोग परिसर भयो जलमग्न

काठमाडौं । सोमबार दिउँसो परेको भारी वर्षाका कारण निर्वाचन आयोगको कार्यालय परिसर जलमग्न भएको छ ।

पानीको निकास थुनिएर कार्यालयबाहिर जलमग्न भएका कारण समानुपातिक निर्वाचन पद्धतिको सूची बुझाउन आयोग पुगेका दलका नेताहरु समस्यामा परेका छन् । उनीहरु जमेको पानी छिचोलेर कार्यालयभित्र प्रवेश गर्न कठिनाइ भएको छ ।

आयोगमा खटिएका सुरक्षाकर्मीले जमेको पानी निकास गराउने काम गरिरहेका छन् । विभन्न दलका नेता कार्यकर्ता पाइन्ट माथि सर्दै भित्र आएका छन् ।

समानुपातिक पद्धतिको सूची बुझ्न आयोगले राजनीतिक दलसम्बन्धी महाशाखा बाहिर डेस्क स्थापना गरेको छ । त्यहाँ कर्मचारीहरु समानुपातिक सूची बुझ्न तयार भएर बसेका छन् ।

अपरान्हसम्म साना दलका नेता कार्यकर्तामात्र सूची लिएर आएका छन् । ठूला दलका नेताहरु दिउँसो ४ बजेपछि मात्र आउन थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation