Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङमा सरकारी गाडीको ठक्करबाट २ जना गम्भीर घाइते

दाङ । देउखुरीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन ।

लमही नगरपालिका वडा नम्बर ७ बनगै जँगलमा आईतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो ।

पश्चिमबाट पुर्व जाँदै गरेको सरकारी नम्बर प्लेट भएको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका हुन ।

घाईते हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी बर्ष ५२ का भिम बहादुर कुमाल र सोही ठाउँ निवासी बर्ष ३३ का अमृत राजकोटी रहेका छन । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ भने राजकोटीको पनि खुट्टामा चोट छ ।

गाडीका चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation