मङ्लबार, बैशाख ३०, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न

दाङ १८ श्रावण । पञ्चकन्या ग्रुपद्धारा दाङ जिल्लालाई केन्द्रित गर्दै आज तुलसीपुरमा प्लम्बर कार्यमा संलग्न प्राविधिक (प्लम्बर) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पन्चकन्या ग्रुपका प्लास्टिक डिभिजन वरिष्ट विभागिय प्रमुख गणेश कुमार कार्कीले भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहभागि प्लम्बरहरुलाई अझैं सफलता प्राप्त गर्न निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रम अन्तर्गत पञ्चकन्या ग्रुपबाट उत्पादित स्टील र प्लास्टिक पाइप, ट्याङ्की लगायतका सामाग्रीहरुका बारेमा पञ्चकन्या ग्रुपका बजार प्रबंधक सुरेश मिश्रले यसका उपयोगिता र प्राविधिक विशेषताका बारेमा जानकारी गराउनु भएको हो ।
पन्चकन्या ग्रुप दाङका सेल्सडिष्ट्रिब्युटर मयूर दाङ शाखाका सञ्चालक नरेश ओलीले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो। कार्यक्रमका पन्चकन्या ग्रुप एसएस ट्यांक शक्ति भुस र राप्ती अञ्चल सेल्स म्यानेजर फिरोज ओलिको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation