बिहिबार, माघ २३, २०८२

नेकपा माओवादी केन्द्र राप्तीद्वारा स्वर्गीय भुमा विककाे सम्झना श्रद्धाञ्जली सभा सम्पन्न

देउखुरी २० श्रावण । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले पुर्व जनमुक्ती सेना नेपालका बटालियन कमाण्डर तथा राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य रणबहादुर पुजालीकी धर्मपत्नी तथा पूर्व जनमुक्ति सेना नेपालका सदस्य भुमा विकको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

स्वर्गीय विक लामाे समयदेखि पाठेघरको क्यान्सर बाट ग्रसित हुनुहुन्थ्यो ।

उहाँको यही साउन १४ गते दिउँसो आफ्नै निवास राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा निधन भएको थियो ।

पार्टीले शनिवार स्वर्गीय विकको दिनमा ७ औं दिनका दिन उहाँकै निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको हो ।

सभा पार्टीका राप्ती गाउँपालिका संगठन कमिटिका अध्यक्ष नारायण शर्माको अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा दाङ जिल्ला संयाेजक सुवास पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साे सभामा बोल्दै पुनले विकको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताउनु भएको छ ।

जनयुद्धको स्मरण गर्दै पुनले भन्नु भयो, ‘उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ कार्यकर्ता गुमाएको छ ।”

सभामा अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश कमिटीका सदस्य पुनम शेर्पाइली, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पार्टीका राप्ती गाउँपालिका इन्चार्ज चित्रबहादुर थापा, दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य राजु परियार, हिरा सुनार लगायतका वक्ताहरुले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वर्गीय विकको जीवनीका बारेमा श्रीमान रणबहादुर पुजालीले प्रकाश पार्नु भएको थियोे ।

स्थानीय देखि जिल्ला र प्रदेश कमिटीका पार्टी सदस्यहरू सहभागी रहेको कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका संगठन कमिटिका सचिव बसन्त नेपालीले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation