Dangali Onlinekhabar

Advertisment

SKIP THIS

जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा आँखा परीक्षण शिविर सम्पन्न

दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साउन २२ गते जिल्ला प्रहरी कार्यालय दाङको परिषरमा आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र लमही आँखा अस्पताल लमही दाङको सहयोगमा आँखा परीक्षण शिविरको संचालन गरिएको थियो ।

पछिल्लो समय तिब्र रुपमा फैलिरहेको आँखाको समस्यालाई समाधान गर्ने उद्देश्यले सिविर सन्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको प्रमुख अतिथिमा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका थुनुवाहरुको समेत आँखा परीक्षण गरिएको दाङ प्रहरी प्रमुख एसपी वलीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation